이미, 미리 र 벌서 विच के फरक छ ?
이미, 미리 र 벌서 विच फरक
1. 이미
“पहिलेनै” भन्ने अर्थ हुन्छ । यसकाे प्रयाेग पहिले नै भइसकेको घटना वा अवस्थालाई जनाउदाखेरी गरीन्छ ।
이미 그 영화를 봤어요.
याे वाक्यमा फिलिम हेर्ने काम पहिलेनै भइसकेकाे छ ।
2. 벌써
“यति चाडै / कति चाडै” भन्ने अर्थ हुन्छ
यसकाे प्रयाेग कुनै पनी काम अपेक्षीत समय भन्दा अगाडीनै सकिएकाे अवस्था जनाउदा गरीन्छ
벌써 밥을 다 먹었어요?
*याे वाक्यमा speaker ले अपेक्षा गरेकाे समय भन्दा अगाडीनै कसैले खाना खाने काम गरेकाे छ।
3. 미리
“पहिलेनै” भन्ने अर्थ हुन्छ ।
यसकाे प्रयाेग कुनै पनी काम अथवा घटना हुनुभन्दा अगाडीकाे तयारी गर्नुपर्ने अवस्था जनाउन प्रयाेग गरीन्छ ।
여행 가기 전에 항공편을 미리 예약해야 합니다.
*याे वाक्यमा भ्रमन जानुभन्दा अगाडी प्लेन टिकट बुकिङ गर्नुपर्छ भनीएकाे छ तर भ्रमण जाने काम भने भइसकेकाे छैन ।
Note : 이미 र벌써 दुवै भुतकालमा प्रयाेग हुने क्रियाविषेशण हुन्् । यी दुइटालाइ कतिपय अवस्थामा एकअर्काकाे ठांंउमा साटेर पनी लेख्न सकिन्छ । तर अर्थभने केही फरक हुन्छ । जस्तै :
이미 그 영화를 봤어요. त्याे फिलिम हेरीसके ।
벌써 그 영화를 봤어요. त्याे फिलिम हेरीसके।(रिलिज भएकाे केही समयमानै/अरूले हेर्नुभन्दा अगाडिनै )
“미리” चाहिं भविष्य कालमा मात्र प्रयोग गरिन्छ ।
미리미리미리미미리미리리미리미리
Comments
Post a Comment